राजु श्रेष्ठको निर्देशनमा चलचित्र ‘नौ डाँडा काटेर’ निर्माण हुने


राजु श्रेष्ठको निर्देशनमा चलचित्र ‘नौ डाँडा काटेर’ निर्माण हुने भएको छ । हाल छायांकनको अन्तिम चरणमा रहेको चलचित्र ‘कंगाल करोडपति’ का निर्देशक श्रेष्ठले कोजाग्रत पूर्णिमाको अवसर पारेर आफ्नो नयाँ चलचित्रको घोषणा गरेका हुन् ।

सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने ‘नौ डाँडा काटेर’ लाई अनिल कुमार बुढाथोकीले निर्माण गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती रहेका छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी सुरज कुमारले सम्हाल्नेछन् । चलचित्रको कथा तथा पटकथा रंग पत्रकार एवं निर्माता रघुनाथ सापकोटाले तयार पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्