बर्षाले सुरु गरिन् ‘बाकस’ को छायांकन
नवीन पन्तको निर्देशनमा तयार हुने चलचित्र ‘बाकस’ को छायांकन सुरु भएको छ । कास्कीको धम्पुसबाट चलचित्र छायांकन सुरुवात भएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउवाला गौतम, धुर्व गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ, विमल यादवको साथमा बाल कलाकार सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भन्डारी, सगुन खड्का लगायतको अभिनय रहने छ ।

सुजिता चौलागाई निर्माता रहेको चलचित्रमा राजन सिंह केसी र छत्र बहादुर खड्का सह- निर्माताको रुपमा रहेका छन् । चलचित्र पिके इन्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण हुँदै छ ।








