‘भगवत गीत’ मा सुहानाको जोडी धिरज


अभिनेता धिरज मगरले अन्ततः ‘भगवत गीता’ साइन गरेका छन्। उनले निर्देशक झरना थापासंग चलचित्रको अफिसियल एग्रीमेन्ट गरेका छन् । केहि समय अगाडी नै धिरजलाई चलचित्रको अफर गरिएको थियो। तर धिरजले महँगो पारिश्रमिक मागेको भन्दै निर्माण टिम तर्किएको थियो।

यता धिरजले भने चलचित्रको टिमले स्क्रिप्ट नै नदिएको बताएका थिए ।
चलचित्रमा सुहाना थापा मुख्य भूमिकामा रहेकी छिन्। सुहानाले धिरजसंग काम गर्न चाहाना रहेको पहिले नै बताईसकेकी थिइन्। धिरज र सुहानाको जोडी कस्तो देखिने हो त्यो भने हेर्न बाँकि रहेको छ।

प्रतिक्रिया दिनुहोस्