मानसको ‘राजाकुमारी’ मा सरोज र आश्मा


मानस राजको शब्द, संगीत र स्वरमा रहेको नयाँ गीत ‘राजाकुमारी’ सार्वजिक भएको छ । सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड गीतको भिडियो ‘कार्टुन क्रिउ’ को अफिसियल युट्युव च्यानलमा सार्वजनिक भएको छ ।

सरोजकै निर्देशनमा तयार भएको गीतको भिडियोमा सरोज र आश्माको साथमा अभिप्सा खनाल, अनुष्का श्रेष्ठ, विजय अधिकारी लगायतले डान्स गरेका छन् । पवन सुस्लिंङले खिचेको भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्