कमब्याकका लागी प्रियंकाको तयारी, घटाइन् १८ केजी तौल


नेपाली चलचित्र क्षेत्रका लागी एउटा ब्राण्ड नाम हो, प्रियंका कार्की । यतिबेला मातृत्व सुख लिईरहेकी प्रियंका कार्की कुनै समय नेपाली चलचित्रका लागी अपरिहार्य नाम जस्तै बनेको थियो । लगनशीलता र निरन्तरको मिहेनतका कारण प्रियंकाले चलचित्र, म्युजिक भिडियो देखि विज्ञापनसम्म आफ्नो उपस्थिति दरिलो बनाएकी थिइन् । संचारमाध्यमका लागी दिनहु हेडलाइनको बिषय प्रियंका बन्ने गर्थिन् र अझै पनि उनको त्यो चर्चा कायम नै रहेको छ।

छरितो शरीर, फुर्तिलो मन र काम प्रतिको उनको लगाव जो कोहिले चर्चा गर्ने बिषय हो । कुनै समय आफुलाई नम्बर एक अभिनेत्रीको रुपमा स्थापित गर्न सफल प्रियंका यतिबेला कमब्याकको तयारीमा रहेको सहजै अनुमान लगाउन सकिन्छ । एक सन्तानकि आमा बनेकी प्रियंकाले यतिबेला आफ्नो १८ केजी तौल घटाएकी छिन्। प्रेग्नेन्सीको समयमा ९८ केजी तौल पुगेकी प्रियंका डेलिभरी पश्चात ९४ केजी पुगेकी थिइन् ।

हामीसंगको कुराकानीमा प्रियंका भन्छिन्, ‘डेलिभरी रुममा प्रवेश गर्दै गर्दा म ९८ केजी पुगेकी थिए। प्रेग्नेन्सीको समयमा पुगेको यो तौललाई मैले सामान्य रुपमा लिएकी थिए। एउटा सन्तानलाई आफ्नो गर्भमा राखेर जन्म दिदै गर्दा म आफैलाई भाग्यमानी महसुस गरिरहेकी थिए । डेलिभरी पश्चात बाहिर निस्कदै गर्दा म ९४ केजी पुगेकी थिए । ३ केजी बढीकी छोरीलाई जन्म दिए पश्चात मैले आफ्नो तौल जोखेकी थिए, त्यो बेला ९४ केजी थिए ।’ रमाइलो गर्दै उनि अगाडी भन्छिन्, मलाई लागेको थिए बच्चा जन्मेपछि म ८० केजी जस्तो हुन्छु होला लागेको थियो तर त्यस्तो नहुने रहेछ। म ९४ केजीकी भएकी थिए । तौल बढ्नु, मोटाउनुको कुरालाई म कुनै नौलो रुपमा लिईरहेकी थिइन् ।’

हुनपनि यो कुनै नौलो अथवा लाजको बिषय पक्कै हैन ।
उनि अगाडी थप्छिन्, ‘ यतिबेला म आफ्नो तौल घटाईरहेकी छु । यतिबेला म ७८ केजी पुगेकी छु । आफ्नु सन्तानलाई स्तनपान गराउनु पर्ने भएकाले पनि हतारमा तौल घटाउन म जरुरी सम्झिरहेकी छैन । यो विस्तारै हुन्छ र म यसमा मिहेनत गरिरहेकी छु । पुरानो सेपमा आउन पक्कै मलाई समय लाग्नेछ र म त्यसको मिहेनतमा रहेकी छु।’

हामीले उनलाई, ‘के यो तपाईको कमव्याकको संकेत हो?’, भनेर प्रश्न गरेका थियौ ।

उनि भन्छिन्, ‘मेरो कर्म नै अभिनय हो। यसलाई नै मैले आफ्नो जीवन ठानेकी छु । म पक्कै कमव्याक गर्नेछु। यसको लागी म आफ्नै लागी तयार पनि गरिरहेकी छु । दर्शकले मलाई जुन माया र स्नेह दिनुभएको छ, त्यसकै लागी म फेरी एकपटक मिहेनत गरिरहेकी छु ।’

जे होस् नेपाली चलचित्रले पाएको एउटा गर्विलो नाम हो प्रियंका कार्की। उनले नेपाली कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा सधै हुने गर्दछ । आफुलाई तयार गरेर कमव्याकको तयारी गरिरहेकी प्रियंकालाई हाम्रो तर्फबाट शुभकामना।

https://www.youtube.com/watch?v=xj-go2nI9YU
प्रतिक्रिया दिनुहोस्