स्वस्तिमाको आइटम डान्सलाइ दर्शकको साथ, नेपाली अभिनेत्रीले लेखे आगो


नेपाली चलचित्र क्षेत्रको अहिलेको सफल नाम हो, स्वस्तिमा खड्का । नेपाली चलचित्रकी पहिलो रोजईकी अभिनेत्री स्वस्तिमा फिचर्ड मलयालम चलचित्र ‘थिरिमाली’ को आइटम गीतलाई दर्शकले रुचाएका छन् । र्लिज भएको १ दिनमै नेपालमा युटुव ट्रेन्डिङमा आएको ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा स्वस्तिमालाई प्रशंसा मिलेको छ । मलयालम चलचित्रको गीतमा अभिनय संगै भिडियोमा स्वस्तिमाको इनर्जीलाई धेरैले रुचाएका छन् । करिव ७ लाख पटक हेरिएको गीतमा बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द र सुनिधि चौहानको स्वर रहेको छ ।

राजीव सेठ्ठीको निर्देशन रहेको यो चलचित्रमा नेपालका पोखरा, काठमाडौं र लुक्लाका रमणीय स्थान हेर्न सकिन्छ । चलचित्रमा नेपाली कलाकारहरु माओेत्से गुरुङ र उमेश तामाङको पनि अभिनय छ । स्वस्तिमा फिचर रहेको गीतलाई नेपाली अभिनेत्रीले आफ्नो साजिक संजालमा शेयर गर्दै प्रशंसा गरेका छन् । अभिनेत्री केकी अधिकारीले आगो भन्दै गीत शेयर गरेकी छिन् । आंचल शर्मा लगायतका धेरै अभिनेत्रीले पनि स्वस्तिमाको तारिफ गर्दै गीत शेयर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्