महानायक राजेश हमालको ‘नरसिंहा: अवतार’ को ट्रेलर कस्तो छ ?
महानायक राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहा: अवतार’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन र प्रेमकथाले भरिएको ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिईएको छ। महानायक राजेश हमाल हावी रहेको ट्रेलरमा उनले भ्रष्टविरुद्ध लड्ने उद्घोष गरेका छन् ।

चलचित्रमा बनाएको आफ्नो छवी जस्तै हमालले यो चलचित्रमा पनि शोषण, अन्याय र अन्याचारको विरुद्ध लड्ने नायकको रुपमा देखिएका छन्। ट्रेलरमा उनको चर्चित डाइलग ‘हे’ लाई पनि समावेश गरिएको छ ।
दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा राजेश हमाल, राज कटुवाल, सनिशा भट्टराई, निती शाह, नीर शाह, सरोज खनाल, उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ।
दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुब न्यौपाने निर्माता रहेको चलचित्र क्रिएटिभ सिने आर्टको ब्यानरमा निर्माण भएको छ। यो चलचित्र जेठ ०९ गतेबाट रिलिज हुँदैछ।