रवि ओड र बेनिशा पौडेलको ‘सुन माया’


रवि ओड र बेनिशा पौडेलको आवाजमा रहेको नयाँ गीत ‘सुन माया’ सार्वजनिक भएको छ। गीतमा गोविन्द भट्टको शब्द र संगीत रहेको छ। देवेन्द्र पान्डेले निर्देशन गरेको भिडियोलाई गरिमा फिल्मस्ले तयार पारेको हो।

शुभम आचार्य र योगिशा खत्री फिचर रहेको भिडियोमा दुवैको प्रेमलाई देखाइएको छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्