A vertical shot of the black cat in the dark darkness

निर्देशनमा सरोज खनालको डेव्यु, ‘बगान’ को घोषणा


अभिनयमा आफुलाई अब्बल सावित गरेका अभिनेता सरोज खनालको निर्देशनमा ‘बगान’ चलचित्र निर्माण हुने भएको छ। सरोजको यो डेव्यु निर्देशन हो । आइतबार चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा चलचित्रको औपचारीक घोषणा गरिएको छ। घोषणा कार्यक्रममा चलचित्रको ‘इन्ट्रो टिजर’ र ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरिएको छ। चलचित्रमा बरिष्ठ कलाकार नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

सार्वजनिक भएको ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत रहेको छ भने स्वर सुगम पोख्रेल र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रमिला कार्की फिचर रहेका छन्। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहने चलचित्रलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्