असारमा नीता र हरिहरको बिहे


तीन बर्ष देखि प्रेममा रहेका नीता ढुंगाना र हरिहर अधिकारीले विवाह गर्ने भएका छन् । असारमा दुवै विवाह बन्धनमा बाँधिन लागेको हुन्। असारको अन्तिम साता दुवै विवाहको तयारीमा जुटेको निकट श्रोतले बताएको छ। अघिल्लो बर्ष नै विवाह गर्ने तयारीमा रहेको बताइएको यो जोडी हरिहरका परिवारमा परेको शोकका कारण रोकिएको थियो। यो जोडीले चलचित्र ‘ह्रस्वदीर्घ’ निर्माण तयारी गरिरहेको छ।

चाडै नै विवाहको मिति सार्वजनिक गर्ने तयारीमा रहेको यो जोडीलाई वैवाहिक जीवनको शुभकामना

प्रतिक्रिया दिनुहोस्