पांच बर्ष अघि आयोजक कमिटिका पदधिकारीले यौन दुर्व्यावहार गरेको भन्दै पुरस्कार नलिने घोषणा


चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापाना दिवसको अवसर परेर प्रत्येक बर्ष सम्मान र पुरस्कार दिदै आएको छ। संघमा रहेका सदस्य भित्र बाडिने पुरस्कार मध्ये बर्ष २०७७ को प्रोत्साहन पुरस्कार पत्रकार रिना मोक्तानलाई दिन घोषणा गरिएको थियो। केहि दिन अगाडी घोषित उक्त पुस्कार नलिने घोषणा रिनाले गरेकी छिन्। उनले सामजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उक्त घोषणा गरेकी हुन्। उनले आयोजक कमिटिका एक पदधिकारीले पांच बर्ष अगाडी आफुलाई यौन दुर्व्यवहार गरेको उल्लेख गर्दै पुरस्कार नलिने बताएकी हुन्।

यस्तो छ उनले लेखेको स्टाटस:
‘ ‘जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ घोषणा गरेको थियो। पुरस्कार पाउनेको सूचीमा मेरो नाम पनि परेकाले खुसी भएँ। मेरो कामको मूल्यांकन गरिदिएकोमा धन्यवाद। तर घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने दुविधाले मलाई सताइरह्यो। घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो। ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु। त्यही संस्थाका अन्य पदाधिकारीको साथ-सहयोग पहिले पनि थियो, अब पनि सहकार्य चलिनै रहन्छ।

उनले आफ्नो स्टाटसमा थप लेखेकी छिन्, ‘महिलालाई आफू यौन हिंसापीडित हो भनेर परिचय दिन पक्कै सहज छैन। तर आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्ट्याटस लेखेको हुँ। यो दुर्व्यवहारबारे मैले बोल्नुको अर्थ व्यक्ति र संस्थालक्षित भन्दा पनि यौन दुर्व्यवहारका प्रत्येक घटनाले मलाई जस्तै थुप्रै महिलाको आत्मविश्वासमा ठेस पुगेको छ, विशेष गरी चलचित्र क्षेत्रमा। र, यस्तो प्रवृत्तिबारे अब खुलेर बोल्ने वातावरण हामीले बनाउनुपर्छ।’

पछिल्लो समय कार्यस्थल देखि विभिन्न क्षेत्रमा हुने महिला हिँसाको बारेमा आवाज उठ्दै आएको छ । यो बीचमा रिनाले उठाएको अर्को आवाजले सोचनीय बनाएको छ।’

प्रतिक्रिया दिनुहोस्