A vertical shot of the black cat in the dark darkness

पल शाह न्यायिक हिरासतमा बसेदेखि कुनै आर्थिक सहायता मागेको छैन- रोशनी शाह


विगत ४ महिना देखि अभिनेता पल शाह थुनामा रहेका छन् । जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले सदर गरेपछि उनि तनहुँमा थुनामा नै रहेका छन्।

उनका समर्थक र फ्यानको आन्दोलन र सामाजिक संजालमा तर्क वितर्क चलिरहेको छ। अझ आफुलाई अभियन्ता वताउने केहि त हरेक दिन जसो पललाई छुटाउने र आफै पैसा खर्च गरेर वोकिल फेर्ने सम्मका अन्तर्वार्ता दिदै आएका छन् । सामजिक संजालमा पल शाहको मुद्दा लड्न मोटो रकम उठाएको हल्ला समेत चल्यो। परिवारले नै पैसा उठाएको हल्ला चलेपछी पल शाहकी बहिनी रोशनी शाहले समाजिक संजाल मार्फत परिवारको धारणा सार्वजनिक गरेकी छिन्। उनले आफ्नो परिवारले कुनै रकम नउठाएको र सहयोग नमागेको उल्लेख गरेकी छिन्।

उनी लेख्छिन्,‘हामी कानुनी राज्यमा छौं र कानुनी राज्यमा विश्वास राख्ने जो कोहीले कानुनको सम्मान संरक्षण पाउने कुरामा हामी विश्वस्त छौं । सोही अन्र्तगत आरोप लागेपछि हाम्रो परिवारका सदस्य मेरो दाजु नायक पल शाह विगत चार महिनादेखि जिल्ला अदालत तनहुँको आदेश अनुसार पुर्पक्षका लागि तनहुँ कारागारामा रहेको आम नेपाली शुभेक्षुकहरुलाई अबगत नै छ ।यसै क्रममा केही युट्युब च्यानल र केही सामाजिक संजालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरु आएकाले उक्त खबरले हाम्रो ध्यानाकर्षण भएको छ । पल शाह न्यायिक हिरासतमा बसेदेखि अहिलेसम्म परिवारका कुनै पनि सदस्यले कसैबाट आर्थिक सहायता लिएका छैनौ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौ ।’

प्रतिक्रिया दिनुहोस्