प्रियंकाको थ्रिलर वेब सिरिज ‘साहु बा’


कुनै समय नेपाली चलचित्र क्षेत्रकी नम्बर १ अभिनेत्रीको रुपमा आफुलाई स्थापित गरेकी अभिनेत्री हुन् , प्रियंका कार्की। चलचित्र , एड , ब्राण्ड देखि आइटम गीतसम्म प्रियंकाको उपस्थिति बाक्लो थियो। कोरोनाको कहर संगै प्रियंकाले आमा बन्ने निर्णय गरिन्।

एक छोरीलाई हुर्काउदै यतिबेला अभिनयमा आफुलाई फर्काउने जमर्को प्रियंकाले गरेकी छिन्। तौल घटाउन उनले गरिरहेको मिहेनत उनको युट्युव च्यानलमा प्रष्ट भेटिन्छ। अभिनयको फर्कने बाटोको रुपमा प्रियंकाले वेब सिरिज रोजेकी छिन् । ‘साहु बा’ नामक वेभ सिरिज मार्फत प्रियंका अभिनयमा फर्कदैछिन्।

प्रियंकासंगै सिरिजमा सरिता गिरि, अमितेष शाह, कविता नेपाली, नम्रता श्रेष्ठ, शेखर चापागाईं, कविता नेपाली र प्रदीप बाँस्तोलाको मुख्य भूमिकामा अभिनय रहेको छ। सुजोय योङ्गले निर्देशन गर्ने सिरिजलाई फ्रेम इन प्रोडक्सनले निर्माण गर्दैछ। १३ एपिसोडको सिरिज खिच्ने तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्