‘सम्झना बिर्सना’ सेट मा देखिएको पूजा-आकाश सम्बन्धको तिक्तता


‘रामकाहनी’ ले जोडेको पूजा शर्मा र आकाश श्रेष्ठको जोडी सधै चर्चामा रहने गर्दछ। दर्शकले अत्याधिक प्रेम दिएको यो जोडीको प्रेम पनि निकै लोभलाग्दो नै रहेको थियो । यी दुइलाई लिएर चलचित्र देखि म्युजिक भिडियो बनाउने निर्माताको होडबाजी नै चल्यो। महँगो पारिश्रमिकमा दुवैले काम गरे। एकको जन्मदिनमा अर्काको पनि भव्य सेलिब्रेसन हुने गर्थ्यो। फ्यानहरुले दुवैलाई एकै ठाउमा राखेर हेर्थे। जीवनभर संगै हुन् भनेर कामना गर्थे।

तर समय एकनास रहेन। पूजा र आकाशको सम्बन्धको दरार स्पष्ट देखिन्छ। केहि समयबाट साथ काम नगरेको यो जोडी ३ बर्ष अगाडी सुटिङ्ग गरेको चलचित्र ‘सम्झना बिर्सना’ को एक गीतका लागी जोडिए। ठमेलको क्लब देखि भक्तपुर दरवार हुदै गोकर्ण रिसोट सम्म तीन दिन लगाएर निर्माण टिमले चलचित्रको गीतको भिडियो खिच्यो। तर निर्माण टिमले कलाकारको सम्बन्ध तीन बर्ष अगाडी जस्तो देखेन। न कुनै आत्मियता न मिठो बोलचाल।

व्यवसायिक धर्म दुवैले निभाउने कोसिस गरिरहेका छन् । तर कही केहि खड्किएको आभाष सवैलाई हुदैछ। एक्सनमा ठिक्क हुन खोज्ने जोडी कट भन्न साथ दुई तर्फ लागि हाल्ने दृश्य पक्कै राम्रो देखिन्न। एकअर्काको को-अर्डीनेशनको अभाव स्पष्ट देखिन्छ। यसले पक्कै पनि दुवैले साथ काम गरेको प्रोडक्टमा असर पक्का देखिनेछ। उसो त अन्तर्वार्ता देखि प्रेस भेटघाटमा देखिने दुवैको उत्साह र हासीमजाक बन्द भएको पनि लामै समय भैसक्यो। दर्शकले रुचाएको जोडी एकअर्का मै कम्फर्ट नदेखिदा कसरी दुवैको प्रोडक्टमा दर्शक कन्भिन्स होलान् र ?

प्रतिक्रिया दिनुहोस्