आकाशको प्रेममा डुव्दै गएकी गीता


अभिनेता तथा मोडल आकाश श्रेष्ठ पछिल्लो समय निकै लोकप्रिय रहेका छन्। म्युजिक भिडियोमा आकाशको उपस्थिति निकै बाक्लो रहेको छ। उनको फ्यान फ़लोइङ्ग पनि राम्रो रहेको छ । तीनै फ्यानहरुको मनोभाव प्रकट गर्ने एक म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘ म डुव्दै गए’ बोलको गीतमा आकाश र मोडल गीता ढुंगाना फिचर रहेका छन्। गीता आकाशको फ्यान गर्लको रुपमा भिडियोमा देखिएकी छिन्।

रानी शाक्य र वल बहादुर राजवंशीको आवाजमा रहेको गीतमा हरि उप्रेतीको शब्द र विकाश चौधरीको संगीत रहेको छ। प्रहिल कार्कीले निर्देशन गरेको भिडियो लाई उत्तम हुमागाईले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्