तनुजालाई बनाए आकाशले आफ्नी रानी


प्रकाश रेग्मी र रेश्मा पुनको स्वरमा रहेको ‘शिरको फूल शिरैमा’ सार्वजनिक भएको छ । राम अविरल बिष्टले लेखेको गीतमा एसडी योगीले संगीत भरेका छन्।

शिव विकको कोरियोग्राफी र निर्देशनमा तयार भएको गीतको भिडियोमा आकाश श्रेष्ठ र तनुजा वोली फिचर रहेका छन्। अजय रेग्मीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

लोक शैलीको गीतको भिडियोमा आकाश र तनुजालाई राजा-रानीको भेषमा प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्