A vertical shot of the black cat in the dark darkness

समुन्द्रको निर्देशनमा ‘गुलाबी’ ,मुख्य भूमिकामा नाजिर


निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘गुलाबी’ को प्रमुख भूमिकामा नाजिर हुसैन अनुबन्ध भएका छन् । आधा पेज चलचित्रबाट निर्देशनमा डेव्यु गरेकी समुन्द्रको यो दोश्रो चलचित्र हो।

डी स्काई ओसन इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने चलचित्रका अन्य कलाकारको छनोट अडिसन मार्फत गर्ने तयारीमा निर्माण टिम रहेको छ। नाजिरले यो चलचित्रका लागी १५ केजी तौल घटाइरहेको बताइएको छ। यो चलचित्रमा उनि ५० केजी आसपासको तौलमा देखिनेछन् । चलचित्रले पारालैंगिक कथा उठान गर्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्