‘प्रसाद २’ विवाद: विपिन भन्छन्, ‘शुभमुहर्त नभएको चलचित्रको सुटिङ्ग मैले कसरी विचमै छाडे?’


चलचित्र ‘प्रसाद २’ को विवाद यतिबेला चरम उत्कर्षमा रहेको छ। भव्य घोषणा गर्दै सुटिङ्गका लागी ल्वाङ्ग पुगेका टिम झन्डै १७ दिन बसेर सुटिङ्ग नै सुरु नगरी फर्किएको छ। सुटिङ्ग स्थलबाट नै टिममा बढेको विवाद र सुटिङ्ग स्थगनको खबरले मिडीया तरंगित बनेको छ । बिशेष गरि अभिनेता विपिन कार्कीको रवाफका कारण चलचित्रको सुटिङ्ग सुरु हुन नसकेको समाचार बाहिरिरहेका छन्। सुटिङ्गका लागी सवै तयार हुँदा विपिनले मुड नभएको बताएको, नम्रता साथीको बिहे भएको भन्दै हिडेको लगायतका खबर बाहिरिरहेका छन्। विपिनले स्केच बोर्ड देखि अनेक कुरा निकाल्दै लफडा गरेको समेत खबर बाहिरीए। यहि बिषयमा हामीले अभिनेता विपिन कार्कीसंग कुराकानी गरेका छौ।

तस्विर: गुगल

आज मात्र काठमाडौं फर्किएका विपिनले आफुलाई नराम्रो देखाउन अनेक खबर बाहिर सार्वजनिक गरिएको बताए। निर्माता र निर्देशक बीच राम्रो समन्वय छैन। सुटिङ्ग गर्ने भनेर हिडेको १७ दिनसम्म पनि चलचित्रको सुटिङ्ग सुरु गर्ने चहलपहल नभएको लगायतका कारण विपिनले सार्वजनिक गरेका छन्।

के भएको थियो त सुटिङ्ग स्थलमा ? यस्तो भन्छन् विपिन:

‘५ दिन वर्कसप गरेर चलचित्रको सुटिङ्ग सुरुवात गर्ने भनेर हामी करिव १७ दिन अगाडी सुटिङ्ग स्थलमा पुगेका थियौ। स्थानीय लवज र चरित्रलाई जीवन्त बनाउन हामी (विपिन र नम्रता) स्थानीयसंग भेटघाट र अवलोकनमा रह्यौ। तर भोली भोली भन्दै चलचित्रको सुटिङ्ग सेड्युल सरेको सर्है थियो। यो बिचमा चलचित्रको स्क्रिप्टसंगै बसेर निर्देशकसंग सायद एक दिन मात्र छलफल भयो होला। चलचित्रको सुटिङ्ग सुरु हुनु अगाडी प्रोडक्सन हाउस र निर्माता नै परिवर्तन भएको जानकारी गराईयो। हामीलाई सुटिङ्ग सुरु हुनु अगावै चलचित्रको पूर्ण पारिश्रिक दिने भनिएको थियो। तर पारिश्रमिक दिने कुरै थिएन अन्त्यमा निर्माता र प्रोडक्सन हाउस नै परिवर्तन भयो । यस्तो अवस्थामा हाम्रो पारिश्रमिकको सुनिस्चितता कानुनी हिसावमा हुने नै थिएन। तर पनि हामी काम गर्नका लागी तयार हुदैथियौ। एउटा निर्माताको लगानी कसरी जोखिममा पर्ने भन्दै सुटिङ्गका लागी तयार भयौ। निर्देशक सुदर्शन थापा जीसंग मैले सट ब्रेक मागेको थिए, जुन म हरेक चलचित्रमा माग्ने गर्दछु। यसले चलचित्रलाई नै फाइदा पुग्छ। एउटा निर्देशकले देखेको भिजनमा आफ्नु भूमिका पूर्ण रुपमा के छ र यसलाई कसरी जीवन्त पार्नको लागी चलचित्रमा आफ्नो भूमिकाबारे बुझ्न खोज्दा निर्देशकले आफ्नो करियरमा कहिले यस्तो कुरा कुनै कलाकारले नमागेको बताउनु भयो। अव चलचित्रलाई नै फाइदा हुने कुरा गर्दा पनि उहाको यस्तो व्यवहार खासै पाच्य थिएन। अर्को कुरा मैले सुटिङ्ग बीचमा छाडेर हिडेको कुरा आयो। जव चलचित्रको शुभ मुहर्त सम्म गरिएको छैन तव सेट अनि सुटिङ्ग बीचमा छाड्ने कुरा कसरी आयो। अनि अर्को कुरा सुटिङ्ग स्थलबाट सवै फर्किएपछी म आज आउदैछु। सुटिङ्ग स्थल मैले छाडे की अन्यले ? ‘
अन्त्यमा,
सेड्युलमा काम नहुदा मैले अरु निर्मातालाई दिएको समय पनि बिग्रन्छ। सुटिङ्ग सुरु नै नहुदा निकालिएका अनेक कुराले सुटिङ्ग अवधीभार समस्या पार्न सक्छ। यसले चलचित्रको निर्मातालाई झन् बढी असर गर्न सक्छ। सुरुवातबाट अनेक लफडा हुदै आएको चलचित्रको सुटिङ्ग अव कहिले हुन्छ मलाई थाह छैन। तर सवै कुराको प्रत्याभुती नभएसम्म म चै सुरुवात गर्दिन। सायद सुदर्शन जी संग ट्युनिङ पनि नमिलेको हो कि?

प्रतिक्रिया दिनुहोस्