‘कबड्डी ४’ ले पार गर्यो ५१ दिन, सर्वाधिक कमाई गर्ने रेकर्ड


चलचित्र ‘कबड्डी ४’ ले आफ्नो प्रदर्शनको ५१ औ दिन पार गरेको छ । जेठ १३ गतेबाट रिलिज भएको रामबाबु गुरुङ्ग निर्देशित चलचित्रले आज शनिबार प्रदर्शनको ५१ दिन पार गरेको हो। करिव २३ करोड बराबरको कमाई गर्दै रेकर्डतोड कलेक्सन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर लगायतका कलाकारको अभिनय रहेको छ।

बासुरी फिल्म्सको व्यानरमा मणिराम पोखरेल, ओमचन्द रौनियार र सुष्मा गुरुङ्गले निर्माण गरेको चलचित्र नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाई गर्ने चलचित्र हो । कबड्डीका चार ओटै सिक्वले सफल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्