‘राधा’ गीतमा प्रियंका र शृष्टिको छमछमी


भदौ १० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘राधा’ को गीत ‘पाउमा पाउजु’ रिलिज भएको छ ।सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीतलाई दर्शकले उत्साहजनक प्रतिक्रिया समेत दिईरहेका छन् । सज्जा चौलागाई र स्वस्तिका ढकालले आवाज भरेको गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन् ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा प्रियंका कार्की र शृष्टि श्रेष्ठ फिचर रहेका छन् । आमा बनेपछी चलचित्रको गीतमा प्रियंका पहिलोपटक फिचर भएकी हुन् । उनको इनर्जी र एक्सप्रेसनको तारिफ दर्शकले खुलेर गरेका छन् । चलचित्रलाई पशुपतिको वृद्धाश्रममा खिचिएको छ ।

सुवर्ण थापाले निर्देशन गरेको चलचित्रमा शृष्टि मुख्य भूमिकामा रहेकी छिन् । उनको साथमा चलचित्रमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ्ग, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सौगात मल्ल निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सौगातको साथमा देवकी विष्ट, हिराल जोशी पनि निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्