नेपालसंगै युरोपका ४४ देशमा प्रेमगन्ज


बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘प्रेमगन्ज’ भदौ ३ गतेबाट रिलिजको तयारीमा रहेको छ। परिच्छेद शेनको निर्देशनमा तयार भएको चलचित्र नेपालसंगै युरोपका ४४ देशहरुमा रिलिज हुने भएको छ। नेपाल रिलिजकै दिन युरोपका देशहरुमा पनि चलचित्र रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ। जर्मनीको लोकाह फिल्म इन्टरटेन्मेन्टले चलचित्रको युरोप वितरणको जिम्मा लिएको हो। यो अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र प्रदर्शन गर्न लागेको पहिलो पटक हो।

चलचित्रमा बेनिशासंगै तेज गिरि, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा सुरक्षा पन्त बिशेष भूमिकामा रहेकी छिन्। राजु फुयालको प्रस्तुतीमा चलचित्र तयार भएको हो।

प्रतिक्रिया दिनुहोस्