निशानको डेव्यु चलचित्र ‘डेसान’ मङ्सिरमा


चलचित्र ‘डेसान’ ले आफ्नो रिलिज मिति तय गरेको छ । कोरोना महामारीको बिचमा निर्माण भएको चलचित्रलाई कमल एक्चै मगरले निर्देशन गरेका छन्। मङ्सिर २३ गतेलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको दुइ पोष्टर समेत सार्वजनिक गरेको छ।

अभिनेत्री पुनम थापा, निशान चौहान, नम्रता सापकोटा र भोला सापकोटा चलचित्रमा मुख्य भूमिकामा रहेका छन्। पर्फमिङ आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा क्रिशाला मगर कार्यकारी निर्माताको रुपमा रहेकी छिन्। ‘म्यानहन्ट नेपाल २०१६’का मिष्टर पर्सनालिटी र ‘टप मोडल नेपाल २०१८’का विजेता रहेका निशान चौहानको यो डेव्यु चलचित्र हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्