रोमानियामा रोमान्टिक आंचल र विवेक, ‘वर एण्ड बधु’ सेटबाट बाहिरीए तस्विर


मिलन चाम्स निर्देशित चलचित्र ‘बर एण्ड बधु’ को छायाँकन यतिबेला रोमानियामा भैरहेको छ। सुटिङ्गसंगै रोमानियाका टेलिभिजनमा टिमको अन्तर्वार्ता र सुटिङ्गका दृश्य पनि प्रसारण भैरहेको छ।

बोल्ड बनेर रोमानियाको टेलिभिजनको अन्तर्वार्तामा पुगेकी आंचलको चर्चा केहि समय अगाडी नेपाली मिडियामा चर्चित बनेको थियो। आंचल र विवेक कर्माचार्य मुख्य भूमिकामा रहेको चलचित्रको सुटिङ्ग सेटबाट निर्माण टिमले केहि तस्विर सार्वजनिक गरेको छ। रोमान्टिक मुद्रामा आंचल र विवेकलाइ सार्वजनिक तस्विरमा देखिन्छ।

रोमानियाको पार्ट सुटिङ्ग सम्पन्न गरेर केहि दिनमा निर्माण टिम नेपाल फर्किने तयारीमा रहेको छ। रोमान्टिक कमेडी चलचित्रको सुटिङ्ग उल्लासमय तरिकाले भैरहेको र दर्शकले नयाँ स्वाद पाउने निर्माण टिमले दावी गरिरहेको छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्रमा मिलनले कलाकारको जम्बो टोली लिएका छन्।

प्रतिक्रिया दिनुहोस्