चर्चामा आकाश-करुणा प्रेम प्रसंग


अभिनेता आकाश श्रेष्ठ र ‘सय कडा दश’ डेव्यु अभिनेत्री करुणा श्रेष्ठको प्रेम प्रसंगले चलचित्र नगरी गर्माएको केहि समय भैसक्यो। हुनत चलचित्र नगरीमा प्रेम र ब्रेकअपका गासिप बन्नु नौलो कुरा भएन। तर चलचित्रमा संगै काम नगरेका र केहि म्युजिक भिडियोमा साथ काम गरेका आकाश र करुणाको प्रेम अङ्कुराएको केहि समय बितिसकेको चर्चाले मिडियामात्र हैन दुवै निकटकर्मी र दर्शकसम्मको ध्यान खिचिरहेको छ। केहि दिन अगाडी एक टेलिभिजन अन्तर्वार्तामा को-एक्टर पूजा शर्मा र करुणामा आकाशले करुणा रोजेपछि त मिडियाको हाइलाइट न्युजमा दुवैको प्रेम प्रसंगले अझ बढी स्थान पायो।


दुवैले आफ्नो प्रेम स्विकार गर्न नसके पनि यसलाई नकार्न सम्म सकेका छैनन्। अभिनेत्री/मोडल करुणाले एक प्रेसमिटमा मेरो पर्सनल कुरा नगरौ भन्दै प्रश्न नकार्न खोजिन। तर उनले आकाशसंगको प्रेम होइन भनेर किटान गर्न भने सकिनन्। आकाश र तपाईबीच चलेको प्रेम प्रसङ्गको चर्चा के हो भन्ने प्रश्नमा करुणाको जवाफ आकर्षक थियो। उनि भन्छिन् ,’ म मेरो प्राइभेट लाइफ प्राइभेट नै राख्न चाहन्छु। म सिङ्गल छु, रिलेसनसिपमा छु यो मेरो व्यक्तिगत नितान्त कुरा हो। ‘ उनले आकाश आफुले काम गरेका को-आर्टिस्टमा काम गर्न सहज कलाकार र राम्रो साथी भएको प्रतिक्रिया दिईन्।

प्रतिक्रिया दिनुहोस्