A vertical shot of the black cat in the dark darkness

शिव परियारको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक


काठमाडौं, १३ साउन

गायक शिव परियारको स्वरमा रहेको अल्टरनेटिभ मेलोडी रक जनराको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ | आधुनिक, शास्त्रीय ,लोक ,तथा गजल गायनमा पोख्त रहेका गायक परियारको पहिलो पटक अल्टरनेटिभ मेलोडिक रक जनराको गीत सार्वजनिक गरिएको हो।

दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक परियारले पहिलोपटक यस जनराको गीत रिमझिममा स्वर दिएका हुन् । ‘२२ वर्षदेखि गायक क्षेत्रमा छु । पहिलोपटक फरक जनराको गीतमा स्वर दिएको छु । सुरुमा नयाँ गर्न सक्दिनँ कि भन्ने थियो । तर, न्यायपूर्वक गाउँने कोशिस गरेको छु,’ गायक परियारले भने, ‘दर्शक र स्रोताले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’ अमेरिकामा रहेका सर्जक स्रष्टा अनुप पहारीको रिमझिम यादहरूमा शब्द सृजना र संगीत रहेको छ । सर्जक पहारीको शब्द र संगीतमा रक मेलोडीमा स्वर दिन चुनौती भए पनि न्याय गर्न सकेको गायक परियारको भनाइ छ । मनोसंवाद शैलीमा प्रेम कथामा रहेको उक्त गीतले हरेक स्रोताले आफ्नै कथा भेट्न सक्ने उनको दाबी छ । फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको रिमझिम यादहरुको भिडियोमा निराजन प्रधान र करूणा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । सर्जक अनुप पहारी निर्माता रहेको गीतको भिडियोमा क्रियटिभ डाइरेक्टरको रुपमा राजु गुरुङ छन् ।

प्रतिक्रिया दिनुहोस्