अष्ट्रेलियामा शोभितको ‘बद्री बहादुर’


चलचित्र ‘बद्री बहादुर’ को पहिलो प्रिमियर अष्ट्रेलियामा भएको छ । जुलाई ३० तारिखमा अष्ट्रेलियाको सिड्नीमा चलचित्रको प्रिमियर गरिएको थियो। शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्रको प्रिमियरका लागी शोभित केहि समय अगाडी अष्ट्रेलिया पुगेका थिए

। अष्ट्रेलियाको ६ शहरमा प्रदर्शन हुने चलचित्रको सिड्नी प्रिमियर मेगा इभेन्ट र रुक्सल प्रजापतीले गरेका थिए। चलचित्रमा जय किशन बस्नेत, छुल्ठिम गुरुङ्ग, राजिव जंग बस्नेत, धिरेन शाक्य, बर्षा चौलागाई लगायतका कलाकारको अभिनय रहेको छ। एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्म्सले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माताको रुपमा रवि अधिकारी रहेका छन्। मिथुन भोटेले निर्माण गरेको चलचित्रको प्रस्तुतकर्ताको रुपमा गोपाल दली रहेका छन्।

चलचित्रको एक गीतमा पूजा शर्मा र सलोन बस्नेतले अभिनय गरेका छन्। अष्ट्रेलिया रिलिज पछी चलचित्रको नेपाल रिलिज तयारीमा निर्माण टिम जुट्नेछ।

प्रतिक्रिया दिनुहोस्