रामबाबुको ‘फूलबारी’ बाट प्रियंकाको कमव्याक, दयासंग जोडी


अभिनेत्री प्रियंका कार्कीको चलचित्र कमव्याक पक्का भएको छ। उनी रामबाबु गुरुङ्ग निर्देशित चलचित्र ‘फूलबारी’ मार्फत चलचित्रको पर्दामा फर्कने तयारीमा रहेकी छिन्। कोरोना कहरमा आमा बनेपछी प्रियंका काममा फर्कनका लागि कडा मिहेनत गरिरहेकी छिन् । बढेको तौललाई घटाउन प्रियंकाले गरेको मिहेनतका भिडियो सामजिक संजालमा प्रस्ट देखिन्छ।

केहि दिन अगाडी मात्र प्रियंका फिचर चलचित्र ‘राधा’ को गीतमा देखिएकी थिइन्। उक्त गीतमा प्रियंकाको खुलेर दर्शकले तारिफ गरेका छन्।अव भने चलचित्रमा प्रमुख भूमिकामा प्रियंका देखिने कन्फर्म भएको हो। दयाहाङ्ग राइ र विपिन कार्की चलचित्रमा मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन्। चलचित्रमा विपिन दयाका पिताको भूमिकामा देखिदैछन्।

प्रतिक्रिया दिनुहोस्