‘हिँड्दा हिँड्दै’ मा रेखासंग रोमान्टिक आकाश


आकाश श्रेष्ठ र सलोन बस्नेत मुख्य भूमिकामा रहेको चलचित्र ‘हिँड्दा हिँड्दै’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मिलन आले मगर निर्देशित चलचित्रको पोष्टरमा आकाश नव-नायिका रेखा शाहसंग रोमान्टिक मुडमा देखिएका छन्। माघ २० गतेलाई रिलिज मिति तय गरेको चलचित्र नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो ।

विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापामगर लगायतका कलाकारको अभिनय रहेको छ । राजकुमार थिङ निर्माता रहेको चलचित्रमा सह-निर्माताको रुपमा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव शाह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्