‘प्रकाश’ को कविता प्रतियोगिता, १ लाख जित्ने अवसर


भदौ १० गते रिलिजको तयारीमा रहेको चलचित्र प्रकाशले अन्तरकलेज कविता प्रतियोगिता आयोजना गरेको छ । आफ्ना गुरुको विशेषता वा महत्व बारे कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । विजेताले १ लाख रुपैया, दोश्रो हुनेले ५० हजार रुपैया प्राप्त गर्ने निर्माण टिमले जानकारी दिएको छ ।

साउन २० गते देखि भदौ २० गते भित्र कविता पठाईसक्नुपर्नेछ । कक्षा १२ सम्म अध्ययन गर्ने १२ देखि १८ बर्षसम्म उमेर समुहका विद्यार्थीले सहभागि हुन पाउनेछन् । १ देखि साढे १ मिनेट सम्मको कविता भिडियो रेकर्ड गरेर नेपाली वा अंग्रेजी भाषामा निर्माण टिमलाई इमेल गर्न सकिनेछ । कविता पठाउने ठेगाना : [email protected]

दिनेश राउत निर्देशित चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, निरज पन्थी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्