A vertical shot of the black cat in the dark darkness

हिन्दी र नेपाली भाषामा ‘प्रेमगीत ३’ टिजर


बर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको नेपाली र हिन्दी दुवै भाषाको टिजर सार्वजनिक भएको छ। चलचित्रको टिजर निकै आकर्षक देखिएको छ। हिन्दी भाषाको टिजरमा ध्वनीको काम निकै आकर्षक देखिएको छ।

छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरेको चलचित्रमा प्रदिप खड्का र कृष्टिना गुरुङ्ग मुख्य भूमिकामा रहेका छन्। प्रेम र गीतको प्रेमलाई टिजरमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।


आशुशेन फिल्मस्को व्यानरमा निर्माणमा भएको चलचित्र शिव श्रेष्ठ, पुस्कर कार्की, माओत्से गुरुङ्ग, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ। सन्तोष शेन निर्माता रहेको चलचित्रमा चक्रबहादुर चन्द र डम्बर बिक्रम शेन कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्