जातीय विभेद र पितृसत्तात्मक सोचले तोडिएको मेलिनाको सम्बन्ध


चर्चित गायिका मेलिना राई केहि समय देखि व्यक्तिगत जीवनका कारण चर्चामा रहेकी छिन्। केहि समय अगाडी मात्र आफ्ना प्रेमी संजिव बराइलीसंग इन्गेजमेन्ट सार्वजनिक गरेकी मेलिनाले त्यसको केहि समयमा नै इन्जेगमेन्ट तोडिएको खबर सार्वजनिक गरिन्। उनको इन्गेजमेन्ट तोडिनुमा समाजमा रहेको जातिय विभेद मुख्य कारण रहेको चर्चा चलेको थियो। सामाजिक संजालमा उनलाई आएका प्रतिक्रिया पनि त्यस्तै किसिमका रहेका थिए।

इन्गेजमेन्ट सार्वजनिक गरेसंगै उनको काम सुस्ताएको चर्चा समेत संगीत नगरीमा सुरु भएको थियो। इन्गेजमेन्टको खुशी र तोडिएको दुख शेयर गरेकी मेलिनाले अनेक चर्चाबीच पुन सामाजिक संजालमा आफ्नो विचार व्यक्त गरेकी छिन्। उनले मान्छेमान्छे बीचमा हुने सबै खाले अन्यायको अन्त्य हुनु पर्ने उल्लेख गरेकी छिन्। त्यति मात्र हैन उनले आफ्नो पहिलो निर्णय जातीय विभेद विरुद्धको र दोश्रो पितृसत्तात्मक सोचको विरुद्धमा भएको समेत उल्लेख गरेकी छिन्।


यस्तो छ मेलिनाको स्टाटस,
मेरो पहिलो निर्णय–समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय– पितृसत्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे मान्छे बिचमा हुने सबै खाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’

उनको यो लेखाइबाट समाजमा विद्यमान रहेको जातिय विभेद र पितृसत्तात्मक सोच नै उनको सम्बन्ध तोडिनुको मुख्य कारण रहेको बुझिन्छ।

प्रतिक्रिया दिनुहोस्