चितवनबाट सुरु भयो अनमोलको ‘छड्के २’


अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्रको ‘छड्के २’ को सुटिङ्ग सुरुवात भएको छ। शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर चितवनमा शुभ मुहर्त गर्दै छाँयाकन सुरुवात गरिएको हो।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन्। मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले निर्माण सहकार्य गरेका चलचित्रमा प्रशान्त गिरी र लक्ष्मण काफ्ले निर्माताको रुपमा रहेका छन्।

चितवन र मुस्ताङमा छायांकन गरिने चलचित्रमा अनमोलको साथमा रोविन तामाङ्ग र कमलमणि नेपालको अभिनय रहेको छ। निर्माण टिमले अन्य कलाकारको नाम सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्