‘छड्के २’ मा ‘एन्ग्री म्यान’ अनमोल, सार्वजनिक गरियो पोष्टर


अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के २’ को फस्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले अनमोल केसीको लुक्स सार्वजनिक गरेको हो। ‘२.० छड्के’ शिर्षक दिएर जारी गरिएको पोष्टरमा अनमोललाई ‘योङ्ग एन्ग्री म्यान’ को रुपमा प्रस्तुत गरिएको छ।

ग्याङ्गस्टर कथा बोल्ने चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन्। काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको चितवन र मनाङ्गमा छायाकन हुनेछ। प्रशान्त गिरि र देवकुमार श्रेष्ठले निर्माण गरेको चलचित्रमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा रोविन तामाङ्ग र कमलमणि नेपालको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्