धिरज र अदितिको ‘बाबरी’ अष्ट्रेलिया रिलिज पक्का


असोज १४ गतेबाट नेपाल रिलिज तयारीमा रहेको चलचित्र ‘बाबरी’ ले अष्ट्रेलिया राइट्स बिक्रि गरेको छ। मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले चलचित्रको राइट्स किनेका हुन् । केही दिनअघि चलचित्र निर्माण कम्पनी बाबरी फिल्म्स र मवेन इन्टरटेनमेन्टबीच कागजी सम्झौता भएको हो ।

चलचित्र नेपाल प्रदर्शनको १० दिनपछी अष्ट्रेलियामा प्रदर्शन हुने तयारीमा रहेको छ। त्यस्तै, तिहारको एक सातापछि नोभेम्बर ६ मा हङकङमा चलचित्र प्रदर्शन हुने भएको छ । ‘बाबरी रङ्ग’ र ‘चुलबुल चुलबुल’ गीत दर्शक माझ निकै लोकप्रिय बनेको छ भने चलचित्रको ट्रेलरले पनि दर्शकको ध्यान खिचेको छ।

बाबरी फिल्म्सको व्यानरमा बनेको चलचित्रमा पुष्पलत्ता बुढाथोकी र गणेश बुढाथोकी निर्माताको रुपमा रहेका छन्। सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, तृप्ति नाडकर,कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्