‘प्रेमगीत ३’ : कोलकत्तामा शुक्रबार भव्य कन्सर्ट, नेपालमा देश दौडाह सुरु


असोज ७ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत ३’ को प्रमोशन निर्माण टिमले सुरुवात गरेको छ । नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने तयारी गरेको निर्माण टिमले दुवै देशमा आफ्नो प्रमोशन सुरुवात गरेको छ। भारत प्रमोशनका लागी निर्माता निर्देशक सन्तोष शेनको साथमा प्रदिप खड्का, क्रिष्टिना गुरुङ्ग, भारतीय गायक पवनदिप सिंह लगायतको टोली जुटेको छ। नेपाल प्रमोशनका लागी अभिनेता सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी, गायक प्रताव दास लगायतको काँधमा जिम्मेवारी आएको छ।

नेपालमा बिहिबारबाट निर्माण टिमले ‘प्रमोशनल टुर’ को सुरुवात गरेको छ। निर्माण टीमले सात वटै प्रदेशमा पुगेर पत्रकार सम्मेलन गर्दैछ। प्रदिप र क्रिष्टिना सहितको टोलिले भदौ अन्तिम साता प्रमोशनमा नेपालको टीम संग जुट्दैछ। भारतको सिक्किम र आसाम क्षेत्रमा प्रदिप, क्रिष्टिना र सन्तोषले प्रचार गरिसकेका छन्। शुक्रबार निर्माण टिमले भारतको कोलकतामा भव्य कन्सर्टको आयोजना गर्दैछ।

निर्माण टिम भारतमा ग्राउण्ड लेभलबाट नै प्रचार गरिरहेको छ। प्रेमगीत ३ ले भारतमा राम्रो गरेमा नेपाली चलचित्रका लागी ढोका खोल्ने आसयका साथ भारतको प्रमोशनलाई यतिबेला प्राथमिकतामा राखेको हो। भारतका १५ सय बढी हलमा चलचित्र रिलिज गर्ने तयरिअम निर्माण टिम रहेको छ। स्वर्गीय छेतेन गुरुङ्गसंग मिलेर सन्तोष शेनले निर्देशन गरेको चलचित्रमा प्रदिप खड्का, क्रिष्टिना गुरुङ्ग, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्