अन्जु र आशिषको ‘छुनुमुनु छुनुमुनु’ मा सरोज र आश्मा


गयिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत ‘छुनुमुनु छुनुमुनु’ को भिडियो रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियो रिलिज गरिएको हो । गीतको भिडियो आशिष अविरलको च्यानलबाट सार्वजनिक गरिएको छ ।

गायक अविरलको एरेञ्ज तथा संगीत रहेको गीतको शब्द एक नारायण भण्डारीले गरेका हुन् । गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ। गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । पवन सुसलिङ खिचेका भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्