‘१२ गाउँ २’ को डबिङ मा अभिनेता समिर भट्ट


अभिनेता समिर भट्ट मुख्य भुमिकामा रहेको चलचित्र ‘१२ गाउँ २’ को डबिङ यतिबेला चलिरहेको छ। समिरले चलचित्रको ग्लोबल रिल मोसन पिक्चर्समा आफ्नो भागको स्वराङ्कन गरेका छन्। विराज भट्टको निर्देशनमा तयार भएको चलचित्रको लागी अनुप बिक्रम शाही, कालु राना लगायत कलाकारले अनुप बिक्रम शाही, कालु राना लगायतले डबिङ सम्पन्न गरिसकेका छन्। २०८१ मा रिलिज भएको चलचित्र ‘१२ गाउँ’ को सिक्वेल दशैँको अवसरमा फूलपातीमा रिलिज हुँदैछ। पहिलो चलचित्रबाट नै दर्शकको अपार माया पाएका समिरको यो चलचित्रलाई लिएर पनि दर्शकमा उस्तै प्रतीक्षा रहेको छ।

‘१२ गाउँ २’ लाई अझै ठूलो क्यानभाष, नविन कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा निर्देशक बिराज भट्टका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्व लगायत कलाकारहरूको अभिनय छ ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको चलचित्रमा महेश पौडेलको छायाँकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्