‘झिंगेदाउ’ को व्यापार २ करोड माथी


कबड्डी ४ पछी नेपाली चलचित्रका निर्माता र प्रदर्शकहरु चलचित्रको व्यापारलाई लिएर दिक्क भएका थिए। व्यापारिक हिसावले चलचित्र असफल भए। केहि चलचित्रले हलमा केहि हदसम्म दर्शक तान्न सफल भए पनि उत्साहजनक सहभागिता थिएन। ठुलो लडाईका बीच प्रकाशले हलमा केहि दर्शक तान्न सफल भयो। भदौ १७ गतेबाट रिलिज भएका दुई रिलिज चलचित्र ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ को प्रतिष्पर्धात्मक मैदानमा दर्शक हलमा आउने नआउने अन्यौलता कायम नै रहेको थियो। रिलिजको दुई दिनसम्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ मा दर्शकको सम्मानजनक उपस्थिति रहेको थियो ।

तर वर्ड अफ माउथको बलियो प्रभावका कारण चलचित्र ‘झिंगे दाउ’ व्यापारमा अब्बल देखिएको छ। रिलिजको दोश्रो सातामा पनि चलचित्रले प्राय हाउसफुल व्यापार गरिरहेको छ। व्यापारिक आंकडाको हिसाबले निर्माण टिमले २ करोड बराबरको व्यापार गरिसकेको छ। बलिउडको प्रतिक्षित चलचित्र ‘ब्रम्हास्त्र’ ले मल्टिप्लेक्स चेनमा अत्याधिक शोज पाउँदा पानी झिंगेदाउले सम्मानजनक शोज पाएको छ। यसले पनि चलचित्रको व्यापार र हलमा दर्शकको उपस्थतीलाइ जनाउछ । असोज ७ गते रिलिज हुने प्रेमगीत ३ अगाडी दर्शकको उत्साह रहेका चलचित्र नभएको कारणले चलचित्रको व्यापार अहिलेको आंकडा भन्दा दोब्बर पुग्ने आंकलन गरिएको छ।


पारिवारिक कथामा निर्माण भएको चलचित्र हेर्न हरेक उमेर समुहका व्यक्तिको उपस्थती देखिएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा हिउँवाला गौतम, केकी अधिकारी, आंचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, संगम भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्