असोज ७ मा प्रेमगीत ३ को हिन्दी र नेपाली भर्सन एकसाथ रिलिज तय


बर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ असोज ७ गतेबाट रिलिज हुदैछ । नेपाली र हिन्दी दुई भाषामा तयार भएको चलचित्रको प्रमोशनमा यतिबेला निर्माण टिम जुटेको छ। नेपाल र भारतमा दुई समुह बनाएर चलचित्रको प्रमोशन भैरहेको छ। भारतका बिभिन्न सहरमा निर्माता तथा निर्देशक सन्तोष शेन, अभिनेता प्रदिप खड्का, नायिका क्रिष्टिना गुरुङ्ग , गायक पवनदिप प्रमोशनमा दौडधुप गरिरहेका छन्। नेपालमा कलाकार सुनिल थापा, प्रेम पुरी, मनिष राउत, गायक प्रताप दास लगायतको टोली प्रमोशनमा हिडिरहेको छ।

हिन्दी र नेपाली दुवै भाषको चलचित्र अव एकै मितिमा नेपाल रिलिज हुने भएको छ। असोज ७ मा नेपाल र भारतमा एकसाथ रिलिज हुन् लागेको चलचित्रको हिन्दी भर्सन नेपालमा कहिले रिलिज गर्ने भन्ने बिषयमा अन्योलता रहेको थियो । तर अव दुवै भाषामा नेपालमा एकसाथ चलचित्र रिलिज हुने निर्देशक सन्तोष शेनले जानकारी दिएका छन्।
उनि लेख्छन् , मधेस बेल्ट संगै सिंगो कला प्रेमी दर्शकहरुको तिब्र मागलाई मध्यनजर गर्दै “प्रेम गीत ३” नेपाली र हिन्दी एकै मितीमा प्रदर्शन गर्ने निर्णय गरेका छौ .. थप दर्शक, शुभचिन्तकको साथको अपेक्षा गरेका छौ… “प्रेम गीत ३” नेपाली, हिन्दी असोज ७। ‘

प्रतिक्रिया दिनुहोस्