प्रसाद २ : नम्रता बाहिरिदा को बन्ला नारायणी ?


चित्र प्रसाद समीक्षात्मक र व्यापरिक हिसाबले सफल बन्यो । दिनेश राउतको निर्देशनमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेका थिए। सोहि चलचित्रको दोश्रो भाग निर्माणका लागी निर्माण टिम तयारीमा जुटेको लामै समय भयो। पटकपटकको फेरबदल पछि अन्तत: निर्माण टिम सुटिङ्गका लागी तयार भयो। सौरभ चौधरीको ठाउमा सुदर्शन थापा र निश्चल बस्नेतको स्थानमा अर्पण थापालाई लिदै निर्माण टिम सुटिङ्गका लागी कास्की पुग्यो । तर त्यहाँ उत्पन्न लफडाले चलचित्र मुहर्त नगरी फर्कियो।

लामो समयको विवाद अन्तत: टुंगियो र विपिन कार्कीको बलिउड चलचित्र ‘एनिमल’ को सुटिङ्ग सकिए लगत्तै मङ्सिरमा फ्लोअरमा जाने तयारीमा निर्माण टिम जुट्यो। तर यतिबेला अभिनेत्री नम्रता श्रेष्ठले चलचित्रबाट हात झिकेपछि अव को बन्ला नारायणी भन्ने प्रश्न उठेको छ। पहिलो प्रस्ताव निर्माण टिमले अभिनेत्री सुरक्षा पन्तलाई गरेको थियो। यो प्रस्ताव चलचित्रको विवाद आउनु अगाडी नै हो। नम्रताको अर्को चलचित्रको सेड्युल जुधन सक्ने भएका कारण निर्माण टिमले सुरक्षालाई खबर मात्र पुर्याएको थियो। तर अव सुरक्षा यो चलचित्र नगर्ने मुडमा पुगेको बुझिएको छ। निर्माण टिम अभिनेत्री ऋचा शर्मा सम्म प्रस्ताव लिएर पुगेको थियो । ऋचा चलचित्रको लागी तयार भए पनि टिममा एक व्यक्तिसंगको उनको बिग्रिएको सम्बन्धका कारण चलचित्रमा उनको काम गर्ने सम्भावना शुन्य बराबर रहेको बुझिएको छ। सुनकेसरी देखि अर्पण थापा र ऋचाको सम्बन्ध बिग्रिएको थियो। श्रोतले निर्माण टिम यतिबेला अभिनेत्री केकी अधिकारिलाई चलचित्रमा लिने सोचमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्