‘नम्बरी सुन’ मा अमेश भण्डारी, राजु गिरिले निर्देशन गर्ने


लामो समय चलचित्रको पर्दाबाट टाढा रहेका अभिनेता आमेश भण्डारी अन्तत: चलचित्रमा देखिने भएका छन्। राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘नम्बरी सुन’ मा आमेश मुख्य अभिनेताको रुपमा अनुबन्धित भएका हुन्। निर्माता र अमेशबीच कागजी सम्झौता भएको छ । चलचित्रमा राजेन्द्र खड्गी द्वन्द्व निर्देशकको रुपमा कमब्याक गर्दैछन् । मङ्सिर ७ गतेबाट छायांकन सुरु हुने चलचित्रको अन्य कलाकारको छनोट भइरहेको छ।

करिब ७० वर्षअघिको ऐतिहासिक सामाजिक कथावस्तुमा तयार हुने बताईएको चलचित्रको लमजुङको भुजुङ खोला, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा सुटिङ्ग हुनेछ। सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा चलचित्र निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्