कोरोना सन्त्रास: रोकियो इन्डियन आइडल पवनदिपको नेपाल भ्रमण


इन्डियन आइडल सिजन १२ का विजेता पवनदिप माघ १ गते ठमेलको क्लब ‘एलोड़ी’ मा गुन्जिने तयारीमा रहेका थिए। आयोजकले सम्पूर्ण तयारी गरेर उनलाई स्वागत गर्ने जोरजाम पनि गरिसकेको थियो। हायात रेजेन्सीको कार्यक्रममा समेत सहभागी हुने तयारीमा उनि थिए। तर पछिल्लो समय नेपालमा बढिरहेको कोरोना भाइरसको संक्रमण र यसको प्रभाव न्यूनीकरणका लागी नेपाल सरकारले निकालेको नयाँ नियम पछि दुवै कार्यक्रम स्थगित भएका छन्। अर्को सुचना प्रकाशित नहुनजेलका लागी पवनदीपका दुवै कार्यक्रम रद्द भएको आयोजकले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्