१६ वर्षपछी विपनाको कमब्याक, उत्साहसंगै डर रहेको प्रतिक्रिया


अभिनेत्री विपना थापा कुनै समय नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त अभिनेत्रीको रुपमा रहेकी थिइन्। रोजाइकी अभिनेत्रीमा पर्ने विपाना यतिबेला भारतमा रहेकी छिन्। विवाह गरेर परिवारसहित भारत बस्दै आएकी विपना बेला बखत नेपाल आउने जाने गर्छिन्।

सार्वजनिक कार्यक्रममा भने केहि बर्ष अगाडी एक अवार्ड समारोहमा विपना देखिएकी थिईन्। उनै विपना अव चलचित्रको पर्दामा देखिने भएकी छिन्। निता ढुंगाना र हरिहार अधिकारिले मिलेर निर्माण गर्ने चलचित्र ‘ह्रस्वदीर्घ’ मार्फत विपना चलचित्रको पर्दामा देखिन लागेकी हुन्। निता-हरिहरको ड्रिम प्रोजेक्टमा नेपाली र भारितय कलाकारको ठुलो भीड रहेको छ। यो चलचित्र माफर्त १६ बर्ष पछाडी विपना नेपाली चलचित्रको पर्दामा देखिनेछिन्।

चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्रको तयारी चलेको केहि बर्ष भैसक्यो। चलचित्रमा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, रविन्द्र झा, प्रदीप रावत, ब्रम्हानन्द लगायतका दर्शन बढी कलाकार रहेका छन्। भारतको रामोजी स्टुडियोमा खिचिने चलचित्र माघ महिनाबाट सुटिङ्गमा जाने तयारीमा रहेको छ।

चलचित्रमा जोडिएपछि विपनाले आफ्नो सामजिक संजालमा खुशी व्यक्त गरेकी छिन्। उनले आफ्नो फेसबुकमा चलचित्रको लागि उत्साहितसंग डर भएको उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्