फ्राइडे रिलिज: मल्टिप्लेक्समा राम्रो शो सहित ‘चपली हाइट ३’ रिलिज


पौष ३० गतेबाट चलचित्र ‘चपली हाइट ३’ रिलिज भएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेस त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ। अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रका अघिल्ला दुई शृंखलाले दर्शकको राम्रो साथ पाएका थिए। कोरोनाको महामारी बीच रिलिज तयारीमा रहेको चलचित्रलाई मल्टिप्लेक्सले पनि राम्रो शो उपलब्ध गराएका छन्। अब ५० प्रतिशत अकुपेन्सीमा हल चलाउने र अर्को साताबाट खोप कार्ड पनि अनिवार्य भएपछि चलचित्रलाई दर्शकको साथ कस्तो मिल्ने हो त्यो हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्