‘छड्के २’ अनमोलको करियरकै खराब चलचित्र, क्युएफएक्सले हलबाट उतार्यो


नायक अनमोल केसी पछिल्लो पुस्ताका सर्वाधिक डिमाण्डेड कलाकार हुन्। उनलाई महँगो रकम तिरेर चलचित्र खेलाउन निर्माताको हानथाप हुने गर्दछ। इनिशियल व्यापारका लागी अनमोल मात्र भए पनि हुन्छ भन्ने भ्रम अब भने तोडिएको छ। करियरका हरेक चलचित्रमा दर्शकको साथ पाएका अनमोलको पछिल्लो चलचित्र ‘छड्के २’ उनको करियरकै खराब चलचित्र बनेको छ।

देशको ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले चलचित्र रिलिजको छैठौ दिन हल बाट उतारेको छ। खराब समिक्षा र कमजोर वर्ड अफ माउथका कारण चलचित्रले दर्शकको साथ पाउन सकस परेको थियो। सार्वजनिक टिजर, ट्रेलर र गीतबाट नै अपेक्षाकृत प्रतिक्रिया बटुल्न नसकेको चलचित्रले हलमा दर्शकको साथ पनि सोचे जस्तो पाएन। प्रचारप्रसारमा पनि निर्माण टिमले चासो देखाएको थिएन। निगम श्रेष्ठ निर्देशित चलचित्र फ्लप बनेको ‘छड्के’ को नाम सिक्वेल हो।

५० लाख बराबरको पारिश्रमिक अनमोलले यो चलचित्रका लागि लिएका थिए। जो कोहिले पनि अनमोल अभिनित चलचित्रको यति कमजोर ओपनिङ्ग र हल बाट बिदा हुनुपर्ने अवस्था आउला भन्ने कसैले सोचेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्