सृष्टि, अरुण र शुभेच्छा को सम्बन्धको कथामा ‘प्रेमा’ ट्रेलर


गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको चलचित्र ‘प्रेमा’ को ट्रेलर सार्वजनिक भएको छ। त्रिकोणात्मक सम्बन्धको कथालाई चित्रण गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार फिचर्ड रहेका छन्। सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्काको सम्बन्धमा आएको उतारचढाव कथा ट्रेलरले बोलेको छ।


बाघठाटा फ्याक्ट्रीको ब्यानरमा बनेको चलचित्र चैत्र १७ गतेबाट रिलिज हुने तयारीमा रहेको छ। चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, सुरेन्द्र बसेल, भिभियाना थपलियाको पनि अभिनय छ । विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका चलचित्रको कार्यकारी निर्मातामा सामर्थविक्रम थापा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्