कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीको उमेदवारी
अभिनेत्री रेजिना उप्रेतीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उमेद्वारी दिएकी छिन्। रेजिनाले शनिवार पदको लागी उमेद्वारी दर्ता गराएकी छिन्। विगत २४ वर्ष देखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिना ८ बर्ष देखि कलाकार संघको कार्यकारी समितिमा रहेका काम गरिरहेकी छिन्।
![](https://i0.wp.com/www.mnmnepal.com/wp-content/uploads/2023/03/rejina-upreti.jpg?resize=720%2C491&quality=100&strip=all&ssl=1)
रेजिनाले एक कार्यकाल उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको हिसाबमा संघमा रहेकी छिन्। रेजिनाले आफुले कलाकारिता क्षेत्रमा गरेको योगदान र कलाकारको हकहितमा गरेका कार्यलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता समेत गरेकी छिन्। उनले आफुले घोषणा पत्र तयार पारेको र सवै कलाकारको अगाडी उक्त योजना राख्ने समेत बताएकी छिन्।
जनचेतनामुलक टेलिसिरियल चेतना बाट अभिनय यात्रा सुरुवात गरेकी रेजिनाले ७० बढी चलचित्रमा अभिनय गरेकी छिन्। म्युजिक भिडीओय, सोसल डकुमेन्ट्री र विज्ञापनमा अभिनय गरेकी रेजिनासंगै कलाकार मोहन निरौला पनि अध्यक्ष पदमा उमेदवार रहेका छन्। रेजिनाले बरदान, चिनो, दुर्गा, आफ्नो मान्छे, अग्निपथ, कर्णविर लगायतका चलचित्रमा अभिनय गरेकी छिन्।