कुन्जना र सागरको ‘जाला जोवन’


समिक्षा अधिकारी र रेवती घिमिरेको स्वरमा रहेको नयाँ गीत ‘जाला जोवन’ सार्वजनिक भएको छ । संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्र बजगाईको संगीत रहेको छ।

निकै रमाइलो भिडियोमा कुन्जना घिमिरे ‘सुन्तली’ र सागर लम्साल ‘बले’ फिचर्ड रहेका छन् । दुवैको यो पहिलो सहकार्य हो । गम्भीर बिष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् । भिडियोलाइ नविन निरौलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्