कोरना कहर: रोकियो ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन


कोरोना कहरको तेश्रो लहरले पुरा विश्वलाई आक्रान्त बनाईरहेको छ। ओम्रिकोनका कारण नेपाल पनि अछुतो रहन सकेको छैन। देशमा सचेतनाका भिन्न भिन्न उपायहरु अपनाइरहेको छ। सिनेमा हल फेरी एकपटक बन्द भएका छन्। अहिलेको लागी अन्तिम रिलिज चलचित्र ‘चपली हाइट ३’ बनेको छ। शुक्रबारबाट रिलिज भएको चलचित्र आइतबार सम्म मात्र चल्न पायो।

बर्षको अर्को अपेक्षित चलचित्र ‘ म यस्तो गीत गाउँछु २’ माघ १९ गते रिलिजको तयारीमा रहेको थियो। पहिलो लकडाउनमा रिलिजको मुखमा रहेर मारमा परेको चलचित्र पनि यहि रहेको थियो। यो पटक पनि रिलिज मिति नजिकिदै गर्दा चलचित्रको रिलिज मिति रोकिएको छ। सरकारले हल बन्द गर्ने निर्णय गरे संगै माघ १९ बाट रिलिज तयारीमा रहेको चलचित्रले अर्को मिति नतोकीएसम्मका लागी रोकिएको छ।सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेका छन् । दुवैको जोडीलाई दर्शकले अत्याधिक प्रेम दिएका छन्। पहिलो चलचित्र ‘ म यस्तो गीत गाउँछु’ कमर्सियल हिसावले निकै सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्