प्रिन्स र रोशनीको ‘जित्यो मायाले’


प्रेमी प्रेमिकाकोे सम्बन्धमा जातका कारण आएकोे विभाजन र त्यसले निम्त्याएकोे परिणामकोे कथा भन्ने गीत ‘जित्यो मायाले’ सार्वजनिक गरिएको छ । यो गीतमा धुर्व विस्को र सारिका घिमिरेको स्वर छ । गीतकार सारिकाले गीतमा प्रयोेग गरेका शब्द र संगीतकार विस्कोले तयार पारेकोे संगीतले दर्शकको मन छुन्छ ।

भिडियोेमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारकोे अभिनय छ । भिडियोेमा नायक पुष्प खड्काकोे पनि विशेष भूमिका हेर्न सकिन्छ । पुष्पको सायरीबाट नै भिडियोकोे सुरुवात गरिएको छ । भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइकोे छायांकन, दिन्सन शाहकोे सम्पादन छ । गायक तथा संगीतकार धुर्वले नै योे भिडियोेकोे निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्